लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान

काठमाडौं ।  लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । २८औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डस मा लेखाउन सफल भएकोमा बैंकले उनलाई सम्मान गरेको हो ।

बैंकले शुक्रबार सम्मान कार्यक्रमको आयोजना गरी उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्र प्रदान गरेको छ । सो सम्मान–पत्र बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका सम्मान गरेका हुन् ।

किर्तिमानी पर्वतारोही शेर्पा बिगत दुई दशकदेखि यस बैंकमा “निरन्तर सहयात्री” बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले २८ औं पटक आरोहण गरेको बताए ।

footwear zone

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

You might also like

Comments are closed.