लुम्बिनी विकास बैंकद्वारा विद्यालयलाई प्रिन्टर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैँक लिमिटेड, देविघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. ५ मा रहेको श्री चन्द्रज्योति माध्यामिक विद्यालय लाई प्रिन्टर हस्तान्तरण गरेको छ ।

प्रिन्टर हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट देविघाट शाखाका प्रमुख रमेश कुमार नेपाल, बट्टार शाखाका प्रमुख बिश्वम्भरमान सिंह डंगोल, ढिकुरे शाखाका प्रमुख सुर्य कुमार पण्डित र विदुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष लिलानाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल र विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुको पनि उपस्थिती रहेको थियो । देविघाट शाखाका प्रमुख रमेश कुमार नेपालले बैंकको वर्तमान अबस्था तथा भावि योजना हरु बारे धारणा व्यक्त गरेका थिऐ भने उक्त विद्यालयका प्रधानाध्यापक बासुदेव पनेरुले बैंकलाई उक्त प्रिन्टर सहयोगको लागि धेरै–धेरै धन्यवाद व्यक्त गरे ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

footwear zone

 

You might also like

Comments are closed.