काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्घेश्यले थप २ शाखा विस्तार गरेकोछ ।
माघ ३ गते सोमबार शुभारम्भ भएका शाखाहरुमा ७८ औँ शाखा दाङ, तुल्सीपुर उप–महानगरपालिका ५ “ख” लाइन स्थित तुल्सीपुर शाखा र ७९ औँ शाखामा रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका ४ ट्राफिक चोक स्थित ट्राफिक चोक शाखा रहेका छन् ।
दुईवटा नयाँ शाखाहरुको बिस्तार संगै हाल यस बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत २०७८ पौष मसान्त सम्ममा बैंकले रु ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि रु ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ८० हजार ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा साप्ताहिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।




Comments are closed.