मिलन समाज र रक्तदान कार्यक्रममा लुम्बिनी बिकास बैंकको साथ

काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मिलन समाज, टोखा ८, मिलनटोल, काठमाडौंमा रहेको संस्थालाई मिलन टोल क्षेत्रको सुरक्षाको लागी सहयोग स्वरुप सि.सि टिभि सर्भिलेन्स् सिस्टम हस्तान्तरण गरेको छ ।

बैंकको टोखा शाखा कार्यालयका प्रमुख निरोज खागीले संस्थाका अध्यक्ष टेक बहादुर थापालाई उक्त सामान हस्तान्तरण गरेका हुन् । निरोज खागीले मिलन टोल क्षेत्रमा सि.सि. टिभि सर्भिलेन्स् सिस्टम जडानको लागी सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।

उक्त कार्यक्रममा बैंकका टोखा शाखाका शाखा प्रवन्धक निरोज खागी र मिलन समाजको तर्फबाट प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा नं. ०८ का वडा अध्यक्ष केशव बहादुर खत्री, मिलन समाजका अध्यक्ष टेक बहादुर थापा, उपाध्यक्ष सिता कुमारी भट्टराई वोस्थी लगायत मिलन समाजका सदस्यहरु सहित करिब ७० जनाको उपस्थिति रहेको थियो । मिलन समाज संस्थामा हाल करिब ३०० सदस्य रहेका छन् ।
साथै लुम्बिनी विकास बैंक लि. ले ललितपुर, लामाटार स्थित सिद्घिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. ले ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकले रक्तदान जस्तो अमुल्य काम गर्ने दाताहरुलाई “रक्तदान जीवनदान” अकिंत टि–सर्ट प्रदान गरेको छ । बैंकले गरेको उक्त कार्यले रक्तदाताहरुलाई थप हौसला पु¥याएको छ । आयोजित कार्यक्रममा उक्त सहकारीका अध्यक्ष शशिधर पोखरेल तथा विभिन्न बुद्घिजीवीहरुको उपस्थित रहेको थियो ।

footwear zone

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

You might also like

Comments are closed.