लेउवा संघले गर्यो सदस्यलाई आर्थिक सहयोग

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघले आफ्ना ब्यवसायी सदस्य श्यामु थापा भट्टराईलाई सहयोग गरेको छ । थापाकोे ड्राईभिङ ईन्स्टिच्युटमा अज्ञात समुहले आगजानी गरि क्षती पु¥याएकोमा संघले सहयोग गरेको छ ।

गत साउन २४ गते राती थापाले संचालन गर्दै आएको पोखरा महानगरपालिका वडा नं २६ कालिकाचोकमा रहेको जुपिटर ड्राईभिङ ईस्टिच्युटमा अज्ञात समुहले आगजानी गरि कार, मोटरसाईकल र स्कुटरमा क्षती पु¥याएको घटनालाई मध्यनजर गर्दै संघले राहत स्वरुप ३० हजार आर्थिक सहयोग गरेको हो ।

संघको २४ औं बार्षिक साधारण सभाको पुर्व तयारी अन्र्तगत शुक्रवार बसेको महिला उद्यमी परिचालन उपसमितिको बैठकमा थापालाई सहयोग स्वरुपको संघका अध्यक्ष बलराम ढकाल,पुर्व अध्यक्ष बावुराम गिरी र लक्ष्मी प्रसाद त्रिपाठीले सामुहिक रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

footwear zone

संघले आफ्ना ब्यवसायी सदस्यहरुमा पर्ने आपत विपत तथा दैवि प्रकोपलाई ध्यानमा राखि राहत कोष मार्फत सहयोग गर्दै आएको छ । महिला उद्यमी परिचालन उप समितिकी सदस्य समेत रहेकी थापाले घटना घटेको दुई महिना पुग्दा पनि दोषी पत्ता नलागेकाले दोषीको खोजी गरि कारवाहीलाई अगाडी वढाउन संघ मार्फत सुरक्षा निकायलाई दवाव दिन आग्रह गरेकी छन् ।

यसै विच संघको २४ औं साधारणको तयारीका लागि असोज ५ गते देखि ब्यवसायी सदस्यकोमा प्रतिबेदन पठाउने काम भईरहेको र सोही प्रतिबेदन उपर संघद्वारा गठित विभिन्न २० वटा उप समितिहरुको भेला गरि सुझाव संकलनको काम दैनिक रुपमा भईरहेको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

You might also like

Comments are closed.