लेउवा संघ “क” वर्गको उद्योग वाणिज्य संघका रुपमा सम्मानित

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ गण्डकी प्रदेश अन्तर्गतको ‟क” वर्गको उद्योग वाणिज्य संघका रुपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा लेखनाथ उद्योग वाणिज्य संघलाई सम्मान गरिएको हो ।

महासंघको शनिवार सम्पन्न वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा प्रधानमन्त्री के.पि ओलीले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ‟क” वर्गको उत्कृष्टताको प्रमाण पत्र प्रदान गरि सम्मान गरेका हुन् ।

वि.सं २०५४ सालमा स्थापना भएको लेखनाथ उद्योग वाणिज्य संघ विं सं २०५८ सालमा “घ” वर्गको उत्कृष्टता हात पारेको थियो भने वि.सं २०५९ देखि २०६१ सम्म “ग” वर्गको रुपमा पुरस्कृत हुदैं वि. सं २०६४ सालमा “क” वर्गको उद्योग वाणिज्य संघको स्थान कायम भएको यस संघले २०७५ सालमा पनि संघले नेपाल उद्योग वाणिज्य महासंघबाट नेपाल भरिका “क” वर्गका उद्योग वाणिज्य संघ मध्ये प्रथम स्थान हासिल गरेको थियो ।

footwear zone

त्यसैगरि लेखनाथ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौ प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट पनि गण्डकी प्रदेशबाट उत्कृष्ट संघबाट पुरस्कृत भई सम्मान पत्र र नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

You might also like

Comments are closed.