पोखरा । बढ्दो कोभिड–१९ महामारीका वारेमा लेखनाथ उद्योग वाणिज्य संघले छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा लेखनाथमा रहेको गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल पोखरा–३० का निर्र्देशक डाक्टर विकास गौचनले कोभिड–१९को प्रकोप वारेमा बोल्दै संक्रमितको उपचारका बारेमा आफना अनुभव सुनाएका थिए ।
संघका अध्यक्ष बलराम ढकालले कोरोना भाईरसका कारण व्यवसायमा परेको प्रभाव, अनुभव , समस्या र यस क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।
नवलपरासी बर्दघाट–सुस्ता पूर्वको देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले कोरोना सङ्क्रमितको उपचारमा प्राकृतिक चिकित्सा विधि अपनाउदै संक्रमितलाई दिनहुँ शारीरिक व्यायाम गराउन सके अत्यन्तै उपयोगी हुने वताए ।

आफुहरुले कोरोना संक्रमितलाई दिनहुँ शारीरिक ब्यायाम, योगा, अर्गानिक खानपिनमा निरन्तरता दिदै नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिरहेको उनले वताए ।
रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरमा आवश्यक पोषक तत्वहरूको कमीलाई समेत पूरा गर्दै कोरोना संक्रमित छिटो कोरोना मुक्त हुनुका लागि कोरोनाको खराब अवस्था कम गर्न प्राकृतिक चिकित्सा विधि उपयुक्त भएको उनले वताए ।
संक्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी मानसिक तनाव मुक्तिका लागि बिहान, बेलुका र साँझमा समय अनुकुलका योगा–ध्यान, प्रणायाम, अन्य मनोरञ्जनात्क कार्यक्रम गराए छिटो निको हुने उनले वताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले शान्ति सुरक्षा बिना कुनै पनि किसिमका आर्थिक क्रियाकलाप अगाडि वढ्न नसक्ने बताउदै कोभिड १९ को संक्रमणको अवस्थामा जनस्तरमा सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु, संघसंस्था, बैंक तथा वित्तीय संघसंस्था उद्योग प्रतिष्ठान कर्मचारीहरुले ग्राहकसंग दैनिक प्रत्यक्ष सम्पर्कमा रहेका व्यापारीहरुले विशेष सतर्कता अपनाउन जरुरी रहेकामा जोड दिए ।
सोही कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरुदत्त ढकाललाई उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवंम नेपाल उद्योग बाणिज्य महासंघका कन्द्रीय सदस्य बावुराम गिरी, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी लगायतले बोलेका थिए ।
संघका महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।




Comments are closed.