नवौं राष्ट्रिय कर दिवसको अवसरमा लेउवा संघमा कर शिक्षा

पोखरा । राष्ट्रिय कर दिवसको अवसरमा शनिवार लेखनाथ उद्योग संघका ब्यवसायीहरुका बिच कर शिक्षा सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय पोखराको आयोजना र लेखनाथ उद्योग बाणिज्य संघको ब्यवस्थापनमा भएको छौटौ दिनको कार्यक्रममा कर दर्ता तथा खारेजीको प्रक्रिया तथा कर तिर्ने तरिका र कर प्रणालीका बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोख्रेलले समयमा नै कर तिरी अनुशासित करदाताको रुपमा आफुलाई उभ्याएर राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न अनुरोध गरेका छन् । करदाताले समयमा नै आफुले तिर्नु पर्ने करको विवरण पेश गरेमा कार्यालयको तर्फबाट विभिन्न समयमा छुट र सहजिकरणको ब्यवस्था मिलाएको कुरा राख्दै चुस्त र दुरुस्त हिसाव राख्न नजान्दा पनि कतिपय करदाताले भोग्नु परेका समस्य प्रति आन्तरिक राजश्व कार्यालय सहयोगीको रुपमा उभिन तयार रहेको उनले बताए ।

footwear zone

सोही अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत कर्मसिह लामाले कर शिक्षा अभियानका बारे जानकारी गराएका थिए भने अर्का कर अधिकृत गोपाल गिरीले प्रविधिमैत्री कर प्रणालीको उपयोग गरि समयमा नै कर तिर्ने बानीको सोच आउनुपर्ने सुझाव राखेका थिए ।

राजश्व परामर्श उप समितिका संयोजक रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष चतुराखर अधिकार,लक्ष्मी प्रसाद त्रिपाठी संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगायतले कर दाखिला गर्दा ब्यवासयीहरुले भोग्नु परेका समस्यहरुका बारेमा जानकारी गराएका थिए ।

संघका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.