पोखरा ।
विं सं २०५४ साल असार २० गतेका दिन स्थापना भएको लेखनाथ उद्योग वाणिज्य संघले आईतवार आफ्नो २५ औं वार्षिकोत्सव तथा पुर्नमिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संघ स्थापना गर्दाका संस्थापक सदस्य, पुर्व कार्यसमिति, बिभिन्न उप समितिका संयोजक, सहसंयोजक तथा वर्तमान कार्यसमितिका विच पुर्नमिलन गराउदै एक आपसमा अनुभव आदन प्रदान गरिएको थियो ।

स्वास्थ्यको लागि अपनाउनुपर्ने सम्पुर्ण बिधि र सामाजिक दुरी कायम गरेर राखिएका टेवलमा वसेका आम सहभागीहरुले कोरोना महामारीका कारण मर्कामा परेका ब्यवसायीहरुको हक हितका सवालमा संघले आवाज उठाउनु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य माननीय दिपक कोईरालाले कृषि प्रदान देश भन्ने तर कृषिका कच्चा पदार्थ देखि खाद्यय वस्तु पनि आयात गर्नुपर्ने विडम्वनालाई अन्त्य गरि कृषि उत्पानको क्षेत्रमा लागानी वढाउन र उद्योग स्थापनामा जोड दिन आम ब्यवसायीहरुलाई आग्रह गरे ।
सोही अवसरमा संयोजक कोईरालाले ‟हरियो बन नेपालको धन” भन्ने तर हामीलाई आवश्यक पर्ने फर्निचर तथा काठ विदेशबाट ल्याइन्छ भने कसरी हाम्रो अर्थतन्त्र माथी जान सक्छ भन्ने प्रतिप्रश्न गर्दै यसको पनि अन्त्य गरि स्वदेशी उत्पादन तर्फ लाग्नु पर्ने आवश्यकता औलाए ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विगतमा पुर्वजले गरेको योगदानको उच्च कदर गर्दै यस वर्षलाई रजत बर्षका रुपमा मनाउने धारणा राखे भने संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना कालको ईतिहासका वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले व्यावसायीक हक हितका सवालमा संघ मार्फत आम ब्यवसायीको पिर, मर्का देखि विधि र परिधिमा रहेर नेतृत्व हस्तान्त्रण गर्ने काममा लेखनाथ उद्योग वाणिज्य संघले उदाहरणीय काम गर्दै आएको चर्चा गरे ।
संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेकोे कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।
विं सं २०५४ साल असार २० गते ८० जना साधारण सदस्यहरुबाट स्थापित लेखनाथ उद्योग वाणिज्य संघमा अहिले १ हजार ७ सय ४५ सदस्य छन् ।




Comments are closed.