लेखनाथ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत भएका छन् । निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार भएको उम्मेद्वारी दर्ता कार्यक्रममा अध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको हो । उनी बर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेका छन् ।
अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा बिनोद श्रेष्ठ र भरत कुमार अधिकारीको उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा र प्रकाश लाल श्रेष्ठको उम्मेदवारी परेको छ भने द्वितीय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई र गोपिचन्द्र बास्तोलाबीच प्रतिस्पर्धा हुनेछ । महासचिवमा उपेन्द्र सुवेदी राजु र मेनुका श्रेष्ठको उम्मेदवारी परेको छ । उपमहासचिवमा कोषाध्यक्ष जानुका पराजुली र धिरजकुमार श्रेष्ठको उम्मेदवारी परेको छ ।
कोषाध्यक्ष पदमा रामजी पौडेल, भीम बहादुर नेपाली ‘काइला’, भरत ओझा र दिल कुमारी दाहाल ‘सन्ध्या’को उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यका लागि टीकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, इन्दिरा रोक्का, प्रमोद भण्डारी, राजन कल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुब बावु भट्टराई, खेमराज बराल, जीवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्र बहादुर थापा, वीरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धि प्रसाद बास्तोला र लक्ष्मी प्रसाद ढुंगानाको उम्मेवारी परेको छ । २ जना महिला सदस्यको लागि गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्ति कुमारी खनाल, बुद्धि कुमारी मगर र रञ्जना बरालबीच प्रतिष्पर्धा हुनेछ । एक संस्थागत सदस्यको लागि राम बहादुर गुरुङ र महेश्वर आचार्यको उम्मेदवारी परेको छ भने एक एशोसियट सदस्यको लागी विरेन्द्र बानियाँ र मेघराज पौडेलको उम्मेदवारी परेको छ ।
संघमा अध्यक्षसंगै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहने व्यवस्था छ । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ । संघमा १ हजार ७ सय ५१ जना व्यवसायी साधारण सदस्य छन् ।





Comments are closed.