लेउवा संघको १३ औं महाधिवेशन स्थगित

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको भाद्र १८ र १९ गतेका लागि तोकिएको १३ औं महाधिवेशन अर्को सुचना नआउदा सम्मका लागि स्थगित भएको छ ।

चुनाबी प्रक्रियादेखि अधिवेशनमा धेरै जनाको उपस्थिती हुन सक्ने र कोरनाको महामारी विद्यमान रहिरहेको अवस्थालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख थानेश्वर गौतमको आग्रहमा अर्को सुचना नाउदाँसम्मका लागि महाधिवेशन रोकिएको हो ।

यसै बिच आईतबार नै संघको कार्यसमितिको वैठक वसि भाद्र ११ गते सम्म भएका निर्वाचनका कार्यक्रमहरुलाई यथावत राख्दै यस भन्दा पछिको कार्यक्रम आर्को सुचना नआउदासम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

footwear zone

स्थगित भएको निर्वाचनको कार्यक्रम आर्को सुचना आउनु भन्दा १० दिन अगाडी सार्वसजनिक गरिने समेत लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए । यस अघि संघको निर्वाचनको कार्यक्रम अन्तरगत उमेदवारी दर्ता देखि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको थियो ।

उम्मेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा वर्तमान बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उम्मेदवारी परेकाले आत्रेय निविरोध भईसकेका छन् भने संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एशोसियट सदस्यमा पनि मेघराज पौडेल निविरोध निर्वाचित भएका हुन् ।

You might also like

Comments are closed.