लेउवा संघमा पुराना व्यवसायी अधिकारीको उम्मेदवारी

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा पुराना तथा अनुभवी व्यवसायी कृष्णबहादुर अधिकारीले पनि उम्मेदवारी दिएका छन् । स्थानीय व्यवसायी कृष्णबहादुर अधिकारीले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

असोज २ गते हुने निर्वाचनमा उद्योगी व्यवसायीको अत्याधिक मत पाउनेमा आफू विश्वस्त रहेको अधिकारीले बताए । बलराम कृष्ण सेलर राइस मिलका सञ्चालक अधिकारी लेखनाथ कुटानी पिसानी व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेर आफूले सिकेको ज्ञानलाई निजी क्षेत्रको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघमा प्रयोग गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

footwear zone

You might also like

Comments are closed.