लेखनाथ महोत्सवको १७औं संस्करण माघ १३ देखि, स्थानीय उत्पादनलाई प्राथमिकता

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सवको १७औं संस्करण आगामी माघमा गर्ने भएको छ । माघको १३ देखि २४ गतेसम्म लेखनाथमा मेला आयोजना हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए । संघको हालै सम्पन्न बैठकले मेला सफल पार्न अध्यक्ष आत्रेयको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

मेलाको तयारी सुरु भएको अध्यक्ष आत्रेयले जानकारी दिए । गत वर्ष कोरोना महामारीका कारण मेला आयोजना हुन सकेको थिएन । यसपटक स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै मेला आयोजना गर्न लागिएको अध्यक्ष आत्रेयले बताए । मेलाका सहसंयोजकहरुमा उपाध्यक्षहरु विनोद श्रेष्ठ, राजेन्द्र ओझा र गोपिचन्द्र बास्तोला रहेका छन् ।

निर्देशक समितिमा पूर्व अध्यक्ष तथा सल्लाहकारहरु, कार्यसम्पादन समितिमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु रहेका छन् । मेलामा ३ सय भन्दा बढी स्टल रहने महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । ‘स्थानीय उत्पादनलाई प्राथमिकता राख्दै मेला आयोजना गर्नेछौं,’ उनले भने ।

footwear zone

लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला अन्य मेला महोत्सव भन्दा पृथक खालको हुने अध्यक्ष आत्रेयले बताए । ‘हामीले आयोजना गर्ने महोत्सवको छुट्टै खालको गरिमा छ,’ उनले भने, ‘महोत्सवको पनि महोत्सवका रुपमा परिचित लेखनाथ महोत्सवलाई यस वर्ष अझ उत्कृष्ट, सभ्य र भव्य बनाउनेछौं ।’

You might also like

Comments are closed.