लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यस क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायीबीच व्यवसायीहरुले व्यवसाय संचालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यका साथ अन्तरक्रिया सम्पन्न गरिएको छ ।
अन्तरक्रियामा सहभागी संघका फेन्सी तथा कपडा व्यवसायी र भांडा व्यवसायी सदस्यहरुले व्यवसाय संचालन गर्दा कोभिड १९ को प्रभाव तथा नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नभएका, झोले तथा पोके व्यवसाय फस्टाएको कारण आफुहरु मर्कामा परेको जानकारी गराएका थिए ।
सोही कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीले आफुले संचालन गदै आईरहेको व्यवसायलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र संचालनमा ल्याउन सुझाव दिदैं समय समयमा बिभिन्न स्थानमा हुने मेला महोत्सवहरुमा सहभागिता जनाएर पनि आपm्नो व्यवसायलाई सुदृढ गर्न सकिने कुरामा जोडदिएका थिए ।
संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्य बिक्रम कर्माचार्यले व्यवसाय प्रवद्र्धनको लागि व्यवसायीक योजनाका साथ लगानि बढाउनु पर्ने, व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने कुरामा जोड दिंदै बिना ईजाजत संचालनमा रहेका झोले व्यवसायहरु लाई ईजाजत लिई संचालनमा आएका व्यवसायीहरुको बिचमा गठन भएको वजार व्यवस्थापन समितिको माध्यमबाट निरुत्साहीत गर्नु पर्नेमा जोड दिएका थिए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको सभापतित्वमा सम्पन्न कार्यक्रम सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष आत्रेयले कोभिड १९ बाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन निकट भविश्यमा लेखनाथ महोत्सवको आयोजना गर्न लागिएको जानकारी गराए । कार्यक्रमलाई धन्यवाद सहित संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले समापन गरेका थिए ।




Comments are closed.