लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आगलागी पीडित व्यवसायीलाई सहयोग गरेको छ ।
पोखरा २७ स्थित एस सुवेदी किराना पसलका सञ्चालक अम्बिका सुवेदीलाई संघले सहयोग गरेको हो । गत कात्तिकमा सुवेदीको पसलमा इलेक्ट्रिक सट भइ आगलागी भएको थियो ।
संघले सुवेदीलाई राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको हो । आइतबार एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरिएको संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

‘संघले व्यवसायीहरुलाई सुखदुःखमा साथ दिदै आइरहेको छ,’ आत्रेयले भने, ‘सुवेदीलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरेका हौं ।’




Comments are closed.