स्थगित लेखनाथ महोत्सव फागुन २६ गतेबाट हुने

लेखनाथ । कोरोनाको प्रभाव बढेसँगै स्थगित भएको १७ औं संस्करणको लेखनाथ महोत्सव यही फागुन २६ गते देखी पुनः शुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको शुक्रबार बसेको कार्यसमितिको बैठकले स्थगित भएको लेखनाथ महोत्सवलाई सुचारु गर्ने निर्णय गरेको हो ।

“लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संम्बृद्धि” भन्ने मुल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन २६ देखी चैत सातगतेसम्म संचालन हुने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

यसअघि संघले माघ १३ देखी २४ गतेसम्म महोत्सव गर्ने निर्णय गरेकोमा कोभिड १९ को प्रभाव बढेपछि स्थगित गरेको थियो ।

footwear zone

लेखनाथ लगायतका परिसरको कृषि, पर्यटन, सामाजिक, आर्थिक, सांस्कृतिक उत्थानका लागि अग्रणी भूमिका खेल्दै आएको संघले यसपटक पनि महोत्सवका माध्यमबाट थप सहयोग पुग्ने विश्वास लिएको छ । यसअघिका महोत्सव जस्तै १७ औं संस्करणको महोत्सव पनि सफल पार्न सवैको साथ र सहयोगको अपेक्षा गरेको आत्रेयले बताए ।

उनले मुख्य प्रायोजक, बिशिष्ट प्रायोजक, सह˗प्रायोजक, प्रवद्र्धक, बिभिन्न सहयोगी संघ संस्था, मिडिया पार्टनर, प्रवद्र्धक, नेपाल सरकार, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका, ईलाका प्रशासन कार्यालय तथा ईलाका प्रहरी कार्यालय लेखनाथ, बिभिन्न राजनैतिक दल, स्थानिय जनप्रतिनिधी, बुद्धिजीवी, बिभिन्न संचार माध्यम, पत्रकार लगायत आम जनसमुदाय बाट साथ र सहयोग प्राप्त हुने बिश्वास लिएको समेत बताए ।

अध्यक्ष आत्रेयले आइतबारबाटै महोत्सवसँग सम्वन्धित सवैकामलाई दु्रत गतिमा अघि बढाईने समेत बताए । स्टल बुकिङ, प्रचार प्रसार लगायतका कार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न संघसंस्था र सरोकारवालाहरुसँग समन्वय गरिएको महासचिव उपेन्द्र सुवेदीले जानकारी दिए ।

 

You might also like

Comments are closed.