लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ । कोभिडका कारण गत वर्षदेखि रोकिएको लेखनाथ महोत्सवको तयारीको काम करिव ९० प्रतिशत सम्पन्न भई अन्तिम चरणमा पुगेको छ ।

स्न्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्वस वि स २०७६ मा भएपनि यस वर्ष पुस ८ र माघ १३ मा गर्ने भनि मिति तय गरेपनि कोभिडका कारण रोकिएको १७ औं सस्करणको लेखनाथ महोत्सव फागुन २६ देखि चैत ७ गते सम्म हुन लागेको छ ।

विगतका वर्षहरुमा जस्तै यस पटकको महोत्सवमा पनि उद्योग, व्यवसाय तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उदेश्यले निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा २७ को तालचोक स्थीत डाँडाकोनाकमा हुने महोत्सवमा तिन सयवटा स्टल रहने र महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

footwear zone

महोत्सवमा १ करोड ५ लाख आम्दानी हुने र ९० लाख रूपैयाँ खर्च भई १५ लाख रूपैयाँ बचत हुने अपेक्षा गरिएको प्रचार प्रसार उप समितिका संयोजक तथा संघका द्धितिय उपाध्यक्ष गोपिचन्द्र वास्तोलाले जानकारी दिए । कोभिडका कारण थला परेको अर्थतन्त्रलाई चलायमान वनाउन महोत्सव सहयोगी हुने भएकाले स्वास्थ्यका मापदण्ड अपनाएर महोत्सव संचालन गरिने छ ।

महोत्सवका बारेमा जानकारी दिने उदेश्यले राखिएको छलफल कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बावुराम गिरीले आयातित बस्तुको अलवा कृषिमा आधारीत उत्पादनलाई प्रथामिकता दिदै कोभिडका कारणले थला परेको अर्थतन्त्रलाई चलायमान बनाउदै पोखरा तथा गण्डकी प्रदेश क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सव सहयोगी हुनु पर्ने सुझाव राखेका थिए ।

पछिल्लो समय माघको १३ गतेदेखि हने भनिएको महोत्सवलाई पूर्व तयारीलाई नै आधार मानी ब्यवस्थित रुपले संचालनका लागि आठ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय सल्लाहकार समिति र एक सय ९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

सोही अवसरमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले संघको गरिमा र विगतका महोत्सवले हात पारेको सफलताका कारण यो वर्षको महोत्वसव पनि सभ्य र भव्य हुने विश्वास व्यक्त गरे ।

यो वर्षको महोत्सवसमा विगतका वर्षमा भन्दा फरक शैली अपनाईएको छ भने यो वर्ष साझँपख महोत्सवमा जाऔं डिजेको साथमा रमाऔं भन्ने नारा राखिएको छ ।

संघका अध्यक्ष छत्रधल आत्रेको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र कार्यक्रम संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले गरेका थिए ।

 

You might also like

Comments are closed.