लेखनाथ महोत्सव जारी, आज पशुपति शर्माको प्रस्तुति रहने

लेखनाथ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सव जारी छ ।

महोत्सव अन्तर्गत आज चैत १ गते मंगलबार चर्चित कलाकारहरुको प्रस्तुति रहने संघले जनाएको छ । मंगलबार चर्चित गायक पशुपति शर्मा, सन्दिप सिंह राना, सरस्वती लामिछाने लगायतको प्रस्तुति रहने प्रचार–प्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

हास्यतर्फ पुरुशोत्तम भण्डारी (पुर्खे बा)को प्रस्तुति रहनेछ । फागुन २६ मा सुरु भएको महोत्सव चैत ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा स्वदेशी तथा विदेशी कम्पनीका विभिन्न बस्तु तथा सेवाहरुका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् ।

footwear zone

महोत्सवमा दर्शकहरुको आकर्षण देखिएको संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए

 

You might also like

Comments are closed.