आइतबार करिब ४० लाखको कारोबार, १८ हजार दर्शकले गरे अवलोकन

लेखनाथ । कास्कीको लेखनाथमा फागुन २६ गतेदेखि शुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सवको ११ औ दिन आईतबार पनि दर्शकको चापसगै कारोवारमा पनि बृद्धि भएकाले महोत्सव सफलतातर्फ उन्मुख भएको आयोजकले दावि गरेका छन् ।

महोत्सवको ११ औ दिन आइतबार मात्र करिव १८ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म एक लाख ९८ हजार दर्शक मेलामा प्रबेश गरेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

महोत्सव समापनतर्फ उन्मुख हुदै गर्दा किनमेलका लागि मात्र भएपनि दर्शकहरु महोत्सव स्थलमा छिर्ने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझाको दावी रहेको छ । उनका अनुसार आइतबार मात्र करिव ४० लाख बरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म पाँच करोड ३० लाख बरावरको कारोवार भएको जानकारी दिए ।

footwear zone

यसै बिच महोत्सबमा राखिएको विद्यालय स्तरीय नृत्य कार्यक्रममा रिलायन्स एकेडेमी पोखरा २६ र लिटल गार्डेन बोडिङ स्कुल र सिसिला बोडिङ स्कुल पोखरा ३१ लोक नृत्य प्रस्तुत रहेको संयोजक सन्तोष बरालले जानकारी दिए । यसै गरी दुरा समाज कास्कीले जातिय भेषभुषा प्रस्तुत गरेका थियो भने मातृशक्तीको सम्मानमा राखिएको रत्यौली गीत प्रतियोगितामा शान्तिप्रेमी आमा समुह पोखरा २६ र पोखरा २७ को आवसनगर आमा समुहको प्रस्तुती रहेको संयोजक जानुका अधिकारीले जानकारी दिइन् ।

यसैविच महोत्सवको ११ औ दिन आईतवार पप तर्फ सविन राई, धर्मेन्द्र सेवान र लोकदोहोरी तर्फ खुमन अधिकारी, चोलेन्द्र पौडेल, शिवहरि ढुगाना, राजेन्द्र सापकोटा, सुदिप तामाङ, मिना बुढाथोकी, ज्योती लोहोनी, मिरा पोख्रेल, सरिता सारु मगर र सरला अधिकारीको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणी वास्तोलाले जानकारी दिए ।

सोमबार लोकदोहोरी गायक रामजी खाँड, रंगिला न्यौपाने, जिबन दाहाल, तारापति सुबेदी, शिवहरि ढुगाना, सरला पाण्डे, ईन्द्रा गुरुङ, शंकर पन्त, गंगा पौडेल, सजना वास्तोला, राजेन्द्र सुवेदी, गगन गरुङ र अमृता हमाल लगायतका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सवको भोली सोमबार समापन हुँदैछ र समापन गण्डकी प्रदेशका पर्यटन उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्माले गर्ने कार्यक्रम रहेको छ ।

 

 

You might also like

Comments are closed.