लेखनाथमा उद्यमशीलताको सम्भावना तथा विकास विषयक कार्यशाला

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजना तथा अन्तरप्रेरणा प्रा.लि. ललितपुरको सहकार्यमा लेखनाथ क्षेत्रमा उद्यमशीलताको सम्भावना तथा विकास विषयक कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएको छ । बुधबार सुरु भएको गोष्ठी २ दिन चलेको हो ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति र नयाँ उद्यमीहरुको सहभागिता रहेको गोष्ठीमा अन्तरप्रेरणा प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरज खनाल र श्रद्धा शाक्यले यस क्षेत्रमा उद्यमशीलता विकास, स्टार्टअप लघु, घरेलु साना तथा मझौला व्यवसायहरुलाई योजना अनुरुपको बृद्धि र स्तरिकृत गर्न आगामी दिनमा संघले खेल्नुपर्ने भुमिकाबारे छलफल तथा समूहमा कार्यशाला गराएका थिए ।

सोही अवसरमा यस क्षेत्रमा रहेका स्थानीय सरोकारवालाहरुको क्षमता विकास गरि स्थानीय स्तरमा उद्यमशीलता इकोसिस्टमलाई बढावा दिने वातावरणको सिर्जना गर्न सहकार्य गर्ने, संघलाई आवश्यक बौद्धिक सहयोग पुर्याउने, स्टार्टअप र घरेलु साना तथा मझौला व्यवसायलाई विकास गर्न सहयोग गर्ने मुख्य उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र अन्तरप्रेरणा प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरज खनाल विच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

footwear zone

You might also like

Comments are closed.