लेखनाथ उद्योग वाणिज्य संघ र व्यवसायीबीच छलफल तथा अन्तरक्रिया

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि असार ६ गते देखि १४ गते सम्म आफ्नो २७ औ स्थापना दिवस तथा २६ औ वार्षिक उत्सवको अवसर पारेर बजारका विभिन्न व्यवसायी र बजार ब्यवस्थापन समितिसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

व्यवसायीका समस्या तथा गुनासाहरुमा कार्यक्रम गर्दै ब्यवसायिका साझा समस्यालाई नितीगत रुपमा नै समाधान देखि सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने र भावी योजना तथा कार्यक्रम तय गर्ने उद्देश्यले टोल टोलमा गई सुझाव संकलन तथा अन्तरक्रिया अभियान संचालन गरिएको हो ।

संघद्धारा गठित बजार ब्यवस्थापन समितिको अग्रसरमा मुख्य मुख्य बजार केन्द्रमा पुगी ब्यवसायिसँग अन्तरक्रिया गर्दै त्यहाँ देखिएका समस्यलाई लिपिबद्ध गर्ने नितीगत रुपमा के गर्न सकिन्छ भन्ने बारेमा लेखनाथ उद्योग बाणिज्य संघ ब्यवसायिको घरदैलोमा पुगेको हो ।

footwear zone

वजार व्यवस्थापन अध्यक्षको अध्यक्षतामा असार ६ गते पावरहाउस वजार व्यवस्थापन र वुढिवजार वजार व्यवस्थापन, ७ गते अर्घौ वजार व्यवस्थापन, ८ गते तालचोक वजार व्यवस्थापन, १० गते वेगनासताल वजार व्यवस्थापन, ११ गते राजचौतारा वजार व्यवस्थापन र रुपाताल वजार व्यवस्थापन, १२ गते तल्लो गगनगौडा वजार व्यवस्थापन र कालिकास्थान वजार व्यवस्थापन र १४ गते शिशुवा वजार व्यवस्थापन समितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा उद्यमी तथा व्यवसायीहरुले अप्रत्याशित रुपमा वढेको घरभाडाले गर्दा अहिलेको मन्दीको समयमा समस्या परेको, पोके व्यवसायी र दर्ता नभई संचालन भएकाहरुको कारण आफुहरु मर्कामा परेकोे, वैक तथा वित्तिय संस्थाहरुले धरपकड गर्ने गरेका जस्ता समस्याहरु राखेका थिए । संघको तर्फवाट अध्यक्ष छत्रधर आत्रेय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष एवम् वजार व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझा, द्धितिय उपाध्यक्ष गोपिचन्द्र वास्तोला, उपमहासचिव जानुका पराजुलि अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, निवर्तमान अध्यक्ष बलराम ढकाल, पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायत पुर्वअध्यक्ष र सल्लाहकारहरुले उठेका जिज्ञासाहरुलाई सम्वोधन गरेका थिए । सम्पुर्ण कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले संचालन गरेका थिए । संघले स्थापना दिवसकै कर्यक्रम अन्र्तगत यहि असार १६ शनिवार विहान संघका सदस्यहरु विच सम्वन्ध प्रगाढ वनाउने उद्देश्य सहित महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गर्दैछ ।

 

You might also like

Comments are closed.