लेखनाथ । गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं स्थापना दिवस तथा २६ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्वोधन गर्दै पोखरालाई पर्यटकीय हवको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको बताए ।
पोखरामा पर्यटकलाई आकर्षण गर्न पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनसँग प्रधानमन्त्री स्तरवाट पहल गर्न आग्रह गरेको बताउदै पर्यटन विकासका लागि पुर्वाधार तयार भएको बताए ।
गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरु उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरुसँग सामुहिक कार्यक्रम संचालन गरी समस्याको पहिचान गर्दै धारासाय भएका व्यवसायलाई पुरानो नै अवस्थामा फर्काउन प्रदेश सरकारले प्रयासरत गर्ने बताए ।

यस पुर्व लेखनाथ उद्योग वाणिज्य संघद्वारा वेगनासतालमा निर्मित BEGNAS LAKE लेखिएको लेटर बोर्डको मुख्यमन्त्री पाण्डेद्वारा अनावरण समेत गरिएको थियो ।
यसै गरी पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले पोखरा र लेखनाथका विचमा देखिएको असमझदारीलाई अन्त्य गर्दै भावनात्मक रुपमा जोडिएका मनहरुलाई बहकाउमा नलागी समग्र पोखराको विकासका लागि सामुहिक भावनाले अगाडी वढ्न अनुरोध गरे साथै उनले विकास निर्माणका साथै निति निर्माण र बजेट विनियोजनका क्षेत्रमा लेखनाथ र पोखराका वडाहरुका विच कुनै भिन्नता नभएको समेत बताए ।
पोखरा महानगरपालिकाको वडा नंं ३३ र शुक्लागण्डकी नगरपालिकाको केही भुभागलाई समेटर पुडिटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको कार्य यसै वर्ष देखि शुरु गरिने बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेउवा संघ उद्योग व्यवसायीको संस्थामात्र नभई सवै जातजाति, सामाजिक संघ संस्थाहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्ने संस्था रहेको वताउदैं पुडिटारमा औद्योगिक क्षेत्र अवधारणा अगाडि बढाउन स्थानीय श्रोतसाधन र जनसहभागिताबाट सम्भव रहेको र यसका लागि गम्भिर हुन दुवै स्थानीय र प्रदेश सरकारलाई आग्रह गरेका थिए । लेखनाथ उद्योग वाणिज्य संघले यस क्षेत्रमा पर्यटन विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग हातेमालो गर्दै विकासका योजना गर्न चाहेको बताएका थिए । यस विषम परिस्थितिमा व्यवसायी जोगाउन सवैले पहल गर्नुपर्ने बैंक व्याज दर कम गर्न, घरभाडा बृद्धि नगर्न र न्यूनतम पारिश्रमिक बृद्धि नगर्न सवै पक्षसँग आग्रह गरेका थिए ।
सोही अवसरमा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाली कांग्रेसका सभापति किशोरदत्त वराल, राष्ट्रिय स्वतन्त्र पाटीका जिल्ला संयोजक राजु राई, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी, वागलुङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेल, लेउवा संघका उपमहासचिव जानुका पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै गरी संघले स्थापना दिवशको अवसर पारी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पोखरा ३२ श्री राधाकृष्ण वृद्धाश्रमलाई रु १ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरी आश्रमका अध्यक्ष प्रेम लिगललाई, लेखनाथ उद्योग महोत्सव २०७९ मा उत्कृष्ट शैक्षिक प्रर्दशन गरेवापत त्रिभुवन शान्ति माविलाई रु ५० हजार र व्यवसाय प्रर्वद्धन तथा संर्भेक्षण कार्यका लागि त्रिवेणी इन्टरनेशनल कलेजलाई रु ५० हजार, व्यवसायी कल्यणकारी कोष अन्तर्गत आगलागीबाट क्षती भोगेका संघका सदस्य शोभामोहन सुवेदीलाई रु. ५० हजार, पावरहाउस बजार व्यवस्थापन समितिलाई उज्यालो कार्यक्रमका लागि रु ४० हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो भने व्यवसायी सम्मान कार्यक्रम अन्तर्गत पोखरा ३१ माझीकुनाका पर्यटन व्यवसायी सुर्य प्रसाद लामिछानेलाई सम्मान गरिएको थियो
सोहि अवसरमा संघद्धारा प्रदान गरिने एक लाख एक हजार बराबरको नगद पुरस्कार राशी रहेको चन्द्र लक्ष्मी जेष्ठ नागरिक सम्मान पुरस्कारबाट जेष्ठ नागरिकको क्षेत्रमा कार्य गरिरहेका पोखराका समाजसेवी भक्तराज श्रेष्ठलाई संघको साधारण सभामा पुरस्कार प्रदान गर्नेे गरि आज नाम घोषणा गरिएको थियो । त्यसैगरि संघले आयोजना गरेको दौड प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको संचालन संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए ।





Comments are closed.