लेखनाथ उद्योग वाणिज्य संघको उपमहासचिवमा भरतराज ओझाले उम्मेदवारी दिने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा भरतराज ओझाले उपमहासचिवमा उम्मेदवारी दिने भएका छन् । संघको बर्तमान कार्यसमितिमा कोषाध्यक्ष भएर काम गरिरहेका उनले उपमहासचिवमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

यस अगाडि उनले संघको कार्यसमिति सदस्य भएर २ कार्यकाल काम गरिसकेका छन् । ‘असहज परिस्थितिमा पनि संघमा रहेका व्यवसायीहरुको हकहितका लागि सदैव सक्रियका साथ काम गर्ने मेरो लक्ष्य छ,’ उनले भने । संघमा आबद्ध उद्योगी, व्यवसायीहरुको साथ र समर्थन आफूले प्राप्त गर्नेमा विश्वस्त रहेको उनले बताए ।

पोखरा इको रेड व्रिकस प्रा.लि. सञ्चालक, भविष्य ट्रेडस प्रोपाइटर, सुप्रिम युपिभिसी प्रा.लि. सञ्चालक, नेपाल इको प्यानल सञ्चालक, वि एण्ड डि भाँडा पसल प्रोपाइटर, शक्ति डेरी प्रा.लि. सञ्चालक भएर उनले व्यावसायिक यात्रा अगाडि बढाइरहेका छन् ।

footwear zone

जनता वहुउद्देश्यीय सहकारी संस्थाको सचिवसमेत रहेका उनी पावरहाउस बजार व्यवस्थापन समितिको सल्लाहकारसमेत हुन् ।

संघको २७औं साधारणसभा तथा १४औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । अधिवेशन मिति नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रमसमेत बढेको छ ।

You might also like

Comments are closed.