लेखनाथ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा बास्तोलाद्वारा उम्मेदवारी घोषणा

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा प्रथम उपाध्यक्षमा गोपीचन्द्र बास्तोलाले उम्मेदवारी दिने भएका छन् ।

संघको बर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष भएर काम गरेका उनले प्रथम उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘म बर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष भएर काम गरिरहेको छु । यस अगाडि पनि महासचिव, उपमहासचिव लगायत कार्यसमितिमा विभिन्न पदमा रहेर लामो समयदेखि काम गरिसकेको अनुभव छ,’ उनले भने, ‘अबको निर्वाचनमा एक पद माथि उक्लिएर संघमा काम गर्ने चाहना हो ।’

footwear zone

प्रथम उपाध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाविक भएको उनले बताए ।

You might also like

Comments are closed.