ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा संघका बर्तमान महासचिव रुपक मान महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । असोज १९ र २० गते हुने ४४औं साधारणसभा तथा निर्वाचनका लागि बिहीबार पत्रकार सम्मेलन गरी उनले प्यानलसमेत सार्वजनिक गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै महर्जनले ललितपुर क्षेत्रका उद्योगी व्यवसायीको हकहितमा आफूले काम गर्ने बताए । यस अगाडि गरेको कामले नै आफूले अध्यक्षमा जित्ने दावी उनले गरेका छन् ।
उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योग उपाध्यक्षमा सुरज बज्राचार्य, वाणिज्य उपाध्यक्षमा सुनिल शाक्य, संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जनले उम्मेदवारी दिनेछन् । महासचिवमा महेश श्रेष्ठ र कोषाध्यक्षमा राजु महर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।

उद्योगतर्फ कार्य समिति सदस्यमा अनिल महर्जन, आशिष शाक्य, गुण केशरी ताम्राकार, संघ रत्न डंगोल, सबुता महर्जन र सदीक्षा डंगोलले उम्मेदवारी दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वाणिज्यतर्फ कार्यसमिति सदस्मा प्रेमकाजी शाक्य, विक्रम बज्राचार्य, महेश्वरलाल खोसीं, राजेन्द्र लामा तामाङ, लक्ष्मी कृष्ण श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र सुरज महर्जनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।




Comments are closed.