ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् ।
संघकोे ४४औं साधारण सभा एवं निर्वाचनबाट बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्षमा विजयी गराउन मतदान गर्ने सम्पूर्ण उद्योगी, व्यवसायीप्रति नवनिर्वाचित अध्यक्ष बज्राचार्यले आभार व्यक्त गरेका छन् । सबैलाई समेटेर संघको नेतृत्व गर्ने उनको भनाइ छ ।

संघको वरिष्ठ उपाध्यक्ष सुसन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले, सुनिल शाक्य, रमेश सिं महर्जन, महासचिवमा भूमी नन्दन कर्माचार्य, कोषाध्यक्षमा राजु महर्जन निर्वाचित भएका छन् ।




Comments are closed.