लेखनाथ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेसनका सिलसिलामा लेखनाथ आइपुगेका नवलपुर र देवचुली उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघबीच सहकार्य गर्ने सहमति भएको छ ।
चुनावकै सिलसिालामा सोमबार राखिएको स्वागत तथा छलफल कार्यक्रममा तीनै उद्योग वाणिज्य संघका अध्यक्षहरुले आगामी दिनमा सहमति र सहकार्यका साथ अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा बोल्दै देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशराज पोख्रेरेलले महासंघको चुनावले एक आपसमा भेट्ने अवसर र मित्रताको भाव बढाएकाले यो सम्वन्ध चुनावका लागि मात्र नभई आागामी दिनमा पनि रहनुपर्ने बताए ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले आगामी दिनमा एक आपसमा अनुभव साटासाट गरि तीन संघको कार्यगत एकता हुनेमा आफू ढुक्क रहेको धारणा राखे ।
कार्यक्रममा लेखनाथ उद्योग उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले एकतामा नै बल भएकाले उद्योग व्यवसायीहरुको हितमा काम गर्ने गरि कार्यगत एकताले आफूहरुलाई हौसला र थप सहयोग मिलेको धारणा राखे ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघको ५४ औं वाषिक साधारण सभामा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उमेदवार बाबुराम गिरीले सबैको साथ र सहयोगले आफूले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।
महासंघको ५४औ वार्षिक साधारण सभा तथा अधिवेशन मंसिर ११, १२ र १३ मा काठमाडौंमा हुँदैछ । अधिवेसनका लागि चुनावी प्रचार प्रसारको अभियान तिव्रता साथ अगाडि बढिरहेको छ ।




Comments are closed.