१८औं संस्करणको लेखनाथ महोत्सव पुस ७ देखि

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा १८औं संस्करणको लेखनाथ महोत्सवमा आगामी पुस ७ देखि १८ गतेसम्म हुने भएको छ । पोखरा–२७ डाँडाको नाकमा हुने महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।

महोत्सव सफल बनाउन संघका अध्यक्ष छत्रधर आत्रेयको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा र द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोला छन् ।

सचिवालय व्यवस्थापनमा महासचिव उपेन्द्रराज सुवेदी (राजु), आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष भरतराज ओझा, प्रायोजक व्यवस्थापनमा कार्यसमिति सदस्य बिक्रम कर्माचार्य संयोजक रहेका छन् । संघका पूर्व अध्यक्षहरु महोत्सवको निर्देशक रहनेछन् भने अन्य विभिन्न उपसमिति छिट्टै चयन हुने अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

footwear zone

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने संघले जनाएको छ । स्वदेशी तथा विदेशी विभिन्न बस्तु तथा सेवाहरुका करिब तीन सय स्टलहरु महोत्सवमा राखिने प्रचार–प्रसार संयोजक राजेन्द्र ओझाले जानकारी दिए । ‘स्थानीय उत्पादनको प्रवर्द्धन गर्न महोत्सव सफल हुनेछ,’ उनले भने ।

You might also like

Comments are closed.