लेखनाथ महोत्सव सुरु, ६ सय वटा झाँकी र्याली सहभागी

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १९औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन बिहीबार दर्शकको उत्साहजनक सहभागिता देखिएको छ । उद्घाटनको दिन ५ सय ९६ वटा समूहका झाँकी महोत्सवमा सहभागी भएका छन् ।

विभिन्न महिला समूहसहित जातजाति, रीतिरिवाज, परम्परा र संस्कृतिको पहिचान दिने गरी झाँकी र्याली निकालिएको थियो । साजसज्जासहित निस्किएका झाँकी र्यालीले महोत्सवको उद्घाटन दिनलाई भव्य बनाउन योगदान पुर्याएको संघका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए ।

मेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । उक्त अवसरमा बोल्दै उनले आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताए ।

footwear zone

महोत्सवको उद्घाटनका अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष बिनोद श्रेष्ठले लेखनाथ महोत्सवले लेखनाथ क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पुर्याउने बताए । आर्थिक गतिविधि बढाउन र स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणका लागि महोत्सव सफल रहने उनले बताए ।

उद्घाटनको दिन ३५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको प्रचार संयोजक सुवेदीले आर्थिक आवाजलाई जानकारी दिए । ‘५ सय ९६ वटा झाँकी र्यालीमा २० हजार जना र अन्य दर्शकहरु १५ हजारले महोत्सवको अवलोकन गरेका छन्,’ उनले भने । एकै दिन करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको उनले जानकारी दिए ।

महोत्सवको उद्घाटनको दिन दर्शकको उपस्थिति उत्साहजनक रहेको र महोत्सव अवधिभर आकर्षण कायम नै रहने संघका महासचिव जानुका पराजुलीले बताइन् । ‘लेखनाथ महोत्सवलाई सम्पूर्ण लेखनाथबासीको माया प्रगाढ छ,’ उनले भनिन् ।

महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ । पशुपति विस्कुटले र हेटौंडा डेरीले सहप्रायोजन गरेका छन् । फुड फेस्टिवल प्रायोजकमा आर एम सी फुड्स प्रा.लि.ले साथ दिएको संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

You might also like

Comments are closed.