आतंक मच्चाउने चितुवा नियन्त्रणमा

 

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।

आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएका अवस्थामा रहेको बताइएको छ । चितुवा घर–घरमै पुगेपछि स्थानीयवासीले लखेटेका थिए । पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेका अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सब डिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले जानकारी दिए।

footwear zone

“हामीले जङ्गलतर्फ भगाउनका लागि धेरै प्रयास गरिसक्यौँ, केही गर्दा चलेन” प्रहरी हबल्दार नवराज रिमालले भने, “चितुवा लठ्ठिएका अवस्थामा थियो, वनको अनुमतिमा नियन्त्रणमा लियौंँ ।” चितुवालाई आज सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालयमा ल्याइँदै छ । “यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौं, समान्य अवस्था भए वनमा डाडिदिने हो, बिरामी भए उपचार गरेर छाड्छौंँ ” डिभिजन वन अधिकृत अधिकारीले भन्नुभयो, “असामान्य अवस्थामा रहेको खबर छ, पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।”

You might also like

Comments are closed.