सवारी लाइसेन्सका लागि अनलाइनबाट भरिएका सबै आवेदन रद्द

नयाँ आवेदन आजबाट दिइँदै

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

विभागले आज एक सूचना जारी गर्दै यस अघि भरेका सम्पूर्ण आवेदन रद्द गरेको जानकारी दिएको छ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न तथा वर्ग थप्नका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको विभागको भनाई छ । विभागका अनुसार अब लाइसेन्स लिन चाहनेहरूले  applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्ने छ ।

footwear zone

नयाँ लाइसेन्सका लागि आज (सोमबार) साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोमबारबाट आवेदन खुलाइने छ ।

 

You might also like

Comments are closed.