पोखरा । पोखराको न्युरोडमा रहेको गण्डकी प्रदेशकै ‘क’ बर्गको एक मात्र ल्याब लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र हितैसी बचत तथा ऋण सहकारी संस्थाबीच सहकार्य भएको छ । सहकार्यसँगै सहकारीका सेयर सदस्य तथा कर्मचारीले लाइफकेयरको परीक्षणमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
सम्झौता पत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कँडेल, डा. सुमनराज पौडेल र लेखा प्रमुख सन्तोष गौतम तथा सहकारीका तर्फबाट अध्यक्ष शेरबहादुर कार्की, उपाध्यक्ष धनराज आचार्य र व्यवस्थापक शान्ति अधिकारीले हस्ताक्षर गरेका छन् ।
सहकारीसँग सम्झौता गर्न पाउँदा खुसी लागेको लाइफ केयरका प्रवन्ध निर्देशक कँडेलले बताए । बायो केमिष्ट, माइक्रोबायोलोजिष्ट, मलिक्युलर बायोकेमिष्ट, प्याथोलोजिष्टको प्रत्यक्ष निगरानीमा ल्यावले सेवा प्रदान गरिरहेको छ । ल्याबमा अत्याधुनिक प्रविधिको प्रयोग हुनुका साथै गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको छ । ल्याबले कोभिड परीक्षण पनि गरिरहेको र नमुना संकलन गरेकै दिन रिपोर्ट उपलब्ध गराउने कँडेलले बताए । विश्वका जुनसुकै देशमा पनि रिपोर्टले मान्यता प्राप्त गर्ने उनले जानकारी दिए । सामाजिक उत्तरदायीत्व वहन गर्दै प्रशासनको सिफारिसका आधारमा ल्याबले गरिब तथा असहाय बिरामीको प्रयोगशाला परीक्षण निःशुल्क गरिरहेको उनले बताए ।

हितैसी सहकारीको प्रधान कार्यालय कास्कीको अर्मलामा रहेको छ । ३ करोड ३३ लाख रुपैयाँ सेयर पुँजी रहेको सहकारीको कूल कारोबार ३० करोड रुपैयाँ रहेको अध्यक्ष कार्कीले उक्त अवसरमा जानकारी दिए । सहकारी १ हजार ८ सय जना सेयर सदस्य आबद्ध छन् ।




Comments are closed.