पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा हुने भएको छ । कात्तिक २५ र २६ गते एसआर केसी ब्याङक्युट माटेपानीमा क्याबिनेट मिटिङ आयोजना हुनेछ । क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा मिड टाउनले गर्दैछ ।
क्याबिनेट मिटिङको तयारी तिब्र भइरहेको क्लबका अध्यक्ष सुनादेवी श्रेष्ठले जानकारी दिइन् । क्याबिनेट मिटिङका लागि प्रि रजिष्टेसन खुल्ला गरिएको र तयारी तिब्र बनाइएको रजिस्टेसन उपसमिति संयोजक देवी तिउसिनाले जानकारी दिइन् ।
क्याबिनेट मिटिङ सफल बनाउन ठाकुरप्रसाद अधिकारीको संयोजकत्वमा मूल आयोजक समितिसहित विभिन्न १६ वटा उपसमिति गठन गरिएको सहसंयोजकमा विकास भुर्तेलले जानकारी दिए ।

पर्यटकीय नगरी पोखरामा हुने क्याबिनेट मिटिङमा १ हजार ५ सय जना लायनहरुको उपस्थिति हुने आयोजकको अपेक्षा छ । पोखरामा हुने क्याबिनेट मिटिङ ऐतिहासिक बन्ने डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले बताए ।




Comments are closed.