पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो क्याबिनेट मिटिङ पोखरामा जारी छ । एसआर केसी ब्याङक्युट माटेपानीमा कात्तिक २५ शुक्रबार सुरु भएको मिटिङ २६ गते फेलोसिप कार्यक्रमसहित समापन हुनेछ । शुक्रबार पोखरा महानगरमा मेयर एवं पूर्व गभर्नर धनराज आचार्यको प्रमुख आतिथ्यतामा एवं गभर्नर महेन्द्र पौडेलको अध्यक्षतामा क्याबिनेट मिटिङ भएको हो ।
क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा मिड टाउनले गरेको छ । क्याबिनेट मिटिङ उत्साहजनक रुपमा सुरु भएको क्लबका अध्यक्ष सुनादेवी श्रेष्ठले जानकारी दिइन् । क्याबिनेट मिटिङका लागि प्रि रजिष्टेसनमा उत्साहजनक सहभागिता देखिएको उनले बताइन् ।
क्याबिनेट मिटिङ सफल बनाउन ठाकुरप्रसाद अधिकारीको संयोजकत्वमा मूल आयोजक समितिसहित विभिन्न १६ वटा उपसमिति गठन गरिएको सहसंयोजक विकास भुर्तेलले जानकारी दिए ।

पर्यटकीय नगरी पोखरामा हुने क्याबिनेट मिटिङले यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने आयोजकको विश्वास छ । पोखरामा आयोजित क्याबिनेट मिटिङ ऐतिहासिक बन्ने डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले बताए ।




Comments are closed.