लायन्स तेस्रो क्याबिनेट मिटिङको तयारी तिब्र

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको तेस्रो क्याबिनेट मिटिङ फागुन ७ र ८ गते काठमाडौंमा हुने भएको छ । क्याबिनेट मिटिङको तयारी तिब्र बनाइएको डिष्ट्रिक्टले जनाएको छ ।

७ गतेको क्याबिनेट मिटिङ यति पार्टी प्यालेस बसुन्धरा र ८ गतेको कार्यक्रम काठमाडौंको कार्की ब्याङक्युटमा हुने डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले जानकारी दिए । ‘तयारीको काम भइरहेको छ,’ उनले भने, ‘प्रि–रजिष्टेसन गर्ने क्रम जारी छ ।’

१ हजार ५ सय जनाले प्रि रजिष्टेसन गर्ने अपेक्षा गरिएको रजिष्टेसन उपसमिति संयोजक हरि अधिकारीले जानकारी दिए । काठमाडौं लर्डबुद्धका संस्थापक अध्यक्ष तथा रिजन चियरपर्सन विष्णुप्रसाद भण्डारीको संयोजकत्वमा क्याबिनेट मिटिङको तयारीको काम भइरहेको छ ।

footwear zone

कोभिड महामारीका कारण यस अगाडि पहिलो र दोस्रो क्याबिनेट मिटिङ भर्चुअल माध्यमबाट भएको थियो ।

You might also like

Comments are closed.