काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको लायन वर्ष २०२३÷२४का डिष्ट्रिक्ट अफिसरहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । वैशाख २९ देखि ३१ सम्म धुलिखेल लज रिसोर्टमा कार्यक्रम भएको इलेक्ट गभर्नर भीमलाल पौड्यालले जानकारी दिए ।

पूर्व डिस्ट्रिक्ट गभर्नर तथा पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समापन कार्यक्रममा लायन्सका आइडी इन्डोर्सी बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहेका थिए ।

एल.सि.आई. एरिया लिडर राजन लम्साल, डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, पिएमसिसी गिरिधारी शर्मा, नर बहादुर कार्की, डाक्टर आयुसा अधिकारी, प्रथम भ्वाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट चण्डी प्रसाद अर्यालले प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा एक सय ५० जना लायन्स लिडरहरुको सहभागिता रहेको बताइएको छ । आगामी लायन वर्षको कार्यक्रम तर्जुमा गर्नका लागि कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ ।




Comments are closed.