लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै बुर्लाकोटी, प्रधानमन्त्रीद्वारा विदाई

काठमाडौं । नेपालका लायन्स लिडर बालकृष्ण बुर्लाकोटी लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर बन्ने भएका छन् । आगामी जुलाई ७ देखि ११ सम्म अमेरिकाको बोष्टनमा हुने लायन्सको अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

लायन्स अन्तर्राष्ट्रिय डारेक्टर इन्डोर्सी बुर्लाकोटी लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । बुर्लाकोटीलाई नेपालको झण्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाई गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच दाहालले बुर्लाकोटीलाई विदाई गरेका हुन् । लायन्स मार्फत सामाजिक क्षेत्रमा धेरै काम भएको र अन्तर्राष्ट्रिय डाइरेक्टर भएर नेपालको छबि अझै उच्च राख्न प्रधानमन्त्री दाहालले बुर्लाकोटीलाई शुभकामना दिए । बुर्लाकोटीले अमेरिकामा आयोजित लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय डाइरेक्टरको सपथ लिनेछन् ।

footwear zone

‘प्रधानमन्त्रीले सम्मानसहित विदाई गर्नुभएको म निकै गौरवान्वित छु,’ बुर्लाकोटीले भने, ‘सामाजिक क्षेत्रमा अझै सक्रियताका साथ काम गर्ने प्रेरणा मिलेको छ ।’

You might also like

Comments are closed.