लायन्स ३२५ बि २ अन्तर्गत एरिया १ द्वारा स्वास्थ्य सामग्री र औषधी हस्तान्तरण

काठमाडौं । कोभिड १९ को विश्वव्यापी महामारी विरुद्ध एक्यवद्धता जनाई लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल अन्तर्गत एरिया १ ले मेडिकल/सर्जिकल सामग्री तथा औषधी हस्तान्तरण गरेको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ बि २ एरिया १ र गायक आशिष सचिन (गौतम)को पहलमा काभ्रेस्थली स्वास्थ्यचौकी तारकेश्वर २ काभ्रेस्थली काठमाडौंमा स्वास्थ्य सामग्री तथा औषधी हस्तान्तरण गरिएकोे हो । लायन बर्ष २०२१/०२२को कार्यकाल सुरु भएको पहिलो दिनमा जुलाई १ मा स्वास्थ्य सामग्री सहयोग गरि कार्यकालको शुरुवात गरिएको एरिया चिफ तारामान धामीले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पुर्व डिष्ट्रिक्ट गर्भनर अनुपकुमार पाहारीले कोभिड महामारीको समयमा स्वास्थ्य सामग्री सहयोग गर्नु प्रसंसनिय काम रहेको बताए ।

footwear zone

हस्तान्तरण कार्यक्रममा सिनियर लायन्स लिडरहरु, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा कर्मचारी, स्थानियवासी लगायत सहभागि थिए ।

You might also like

Comments are closed.