हेम्जाका बाढी पहिरो पिडितलाई लायन्सद्वारा राहत वितरण

पोखरा । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्सले बाढी पहिरो पिडित पोखरा-२५, हेम्जा सुन्दरवस्तिमा राहत वितरण गरेको छ ।

गत असार १० गते राति ९ बजेतिर निरन्तर बर्षाको कारण घर माथीबाट आएको बाढ़ी पहिरोको कारण घरबारबिहिन हुन पुगेका सुन्दर वस्तिका १२ घरपरिवारलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले बुधवार घरायसि अत्यावश्यक सामग्री उपलब्ध गराएको हो ।

एक परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी, चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु, पनियो, ब्लाङकेट, म्याट्रेस लगायतका दैनिक उपभोग्य बस्तु उपलब्ध गराईएको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलले जानकारी दिए ।

footwear zone

राहत सामग्री वितरण गर्दै डिष्ट्रिक्ट गभर्नर राम बसेलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितहरूलाई राहत र उद्धारको काम गर्दै आएको बताए ।

बस्ती माथिबाट खसेको पहिरोबाट ३ घर पूर्ण रूपमा पुरिएको र १२ घर परिवार बिस्थापित भएको पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए ।

आफ्नो आग्रहलाई स्वीकार गरी बाढ़ी पहिरो प्रभावितलाई राहत सामग्री उपलब्ध गराएकोमा डिष्ट्रिक्ट गभर्नर एवं समग्र डिष्ट्रिक्ट ३२५ आई नेपाल परिवारप्रति वडाध्यक्ष तिमिल्सिनाले आभार एवं धन्यवाद ब्यक्त गरेका थिए ।

राहत वितरणमा डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, द्वित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिड़रहरूको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.