दोस्रो क्याबिनेट मिटिङको तयारी पुरा

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल ३२५ बि १ नेपालको दोस्रो क्याबिनेट मिटिङ मंसिर १३ गते शनिबार हुदैंछ । मिटिङको होस्ट क्लबमा लायन्स क्लब अफ पोखरा पिस चौतारी रहेको छ ।

। शुक्रबार पोखरामा लायन्स लिडरहरको बैठक बसी मिटिङको तयारी पुरा गरिएको होस्ट क्लबका पुर्व अध्यक्ष तथा को चिफ एडभाइजर बिनोद ढुङ्गानाले जानकारी दिए ।  कोरोना महामारीका कारण प्रविधिको प्रयोग गरी जुम मार्फत मिटिङ गरिने होस्ट क्लबका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए ।

अहिले सम्म करिव १८ सय ५० भन्दा धेरै लायन्स सदस्यले प्रि रजिष्ट्रेसन गरिसकेको र कार्यक्रमका लागि डिजिटल प्रविधिको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक डा. बिष्णुप्रसाद चापागाईंले जानकारी दिए ।

footwear zone

लायन्स इन्टरनेशनलका थर्ड भाइस प्रेसिडेन्ट डा. पेट्टी हिलको प्रमुख आतिथ्यता, पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानको बिशेष आतिथ्यता तथा नेपाली लायन्स लिडरहरुको उपस्थितीमा कार्यक्रम गरिने क्याबिनेट सेक्रेटरी सुर्यकुमार के.सीले जानकारी दिए ।

You might also like

Comments are closed.