लायन्स क्लबद्वारा विद्यार्थीलाई साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम

पोखरा । पछिल्लो समय बढ्दो साइबर अपराधलाई दृष्टिगत गर्दै लायन्स क्लब अफ पोखरा अभियानले साइबर अपराध सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । क्लबले पोखराको नदिपुर स्थित माउण्ट अन्नपूर्ण मावि कक्षा १२ का विद्यार्थीलाई साइबर अपराधको बारेमा सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुचना र प्रविधिको वर्तमान युगमा यसको दुरुपयोग गर्दै समाजमा साना देखि जघन्य अपराधहरु हुनु चिन्ताको विषय भएको जनाउँदै सबै मिलेर यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए। उनले साइबर अपराध के हो, कसरी अपराधको चक्रब्यूहमा फसिन्छ ? त्यसबाट जोगिने के कस्तो कुरा सजक हुने भन्ने विषयमा प्रस्तुतीकरण राखेका थिए ।

डिएसपी तिवारीले स्कुल कलेजका विद्यार्थी देखि विभिन्न क्षेत्रका मानिसलाई इन्टरनेट, फोन लगायतका माध्यमबाट आर्थिक प्रलोभन देखाउने, गोप्य सुचना एवम अश्लिल भिडियो, वार्तालाप लगायतका विषयलाई लिएर ब्लाकमेलिङ गर्ने गिरोह सक्रिय हुँदै गएको त्यसको प्रभावमा स्कुल कलेज, देखि धनाढ्य व्यत्ति, व्यापारी, सर्वसाधारण नागरिकहरु शिकार हुने गरेकाले चनाखो हुन आवश्यक रहेको बताए । फेसबुक म्यासेन्जर, इन्टाग्राम, वाट्सएप, भाइबर लगायत सामाजिक सञ्जालको दुरुपयोग गर्दै साइबर अपराध बढेको उनको भनाइ छ । अपराध रहित समाजको लागि सबै नागरिकको दायित्व अपरिहार्यता रहेको जनाउँदै लायन्स क्लब जस्तो सामाजिक संस्थाले यसलाई अभियानको रुपमा अगाडि बढाएर लाने सके साइबर अपराध न्यूनिकरणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे ।

footwear zone

कार्यक्रममा लायन्स क्लवस अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आइ नेपालका भाइस डिष्ट्रिक गर्भनर विनोद ढुंगानाले समाजमा बढ्दो साइबर अपराधलाई न्यूनिकरण गर्न जनचेतनाको आवश्यकता रहेको बताए । उनले कतिपय अवस्थामा पढेलेखेका र शिक्षित मानिस समेत विभिन्न प्रलोभनमा पर्ने र ठगिने गरेको स्मरण गराउँदै यस्तै जनचेतना कार्यक्रमबाट सचेत गराउन आवश्यक रहेको बताए ।
क्लबका अध्यक्ष कृष्ण लम्सालले सबैको पहुँचमा पुग्दै गएको हात हातको स्मार्ट फोनको सदुपयोग भन्दा दुरुपयोग गर्ने र मानिसलाई विभिन्न प्रलोभनमा पार्ने गरेका घटना दिनप्रतिदिन आइरहेकाले त्यसमा कलेजका विद्यार्थीहरु समेत ठगिने र ब्लाकमेलिङको शिकार हुन थालेकाले सचेत गराउनका लागि कार्यक्रम गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठ, एकेडेमि डाएरेक्टर अशोक कुमार शाही, क्लबका सहसचिव नवराज शर्मा पौडेल लगायतले बढ्दो साइबर अपराध न्यूनिकरणमा शिक्षक, अभिभावक र स्वयम विद्यार्थी एवम सञ्चार जगतको भूमिका के हुने भन्ने विषयमा धारणा राखेका थिए । साइबर अपराधबाट कसरी जोगिने भन्ने विषयमा जिज्ञासा विद्यार्थी एवम् सहभागिहरुलेराखेका थिए ।

 

You might also like

Comments are closed.