लायन्स क्लब अफ काठमाडौं समर्पणको सहयोगमा COVID HDU वार्ड संचालन

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं समर्पणको सहयोगमा बिहीबारदेखि  COVID HDU वार्ड मित्रपार्क स्थित नेपाल भारत मैत्री अस्पतालमा संचालनमा आएको छ ।

लायन्स क्लब अफ काठमाडौं समर्पणले दुईवटा हाईफ्लो मेशिन र ६ वटा बाईप्याप् मेशिन कोभिड बिरामीहरुका लागि निःशुल्क सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष दीपक बंसलले जानकारी दिए । कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सृजना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्ष्यक उपकरणहरुउपकरणहरु (Life Saving Equipments) HDU वार्डमा उपलब्ध गराउने लायन्स क्लब अफ काठमाडौं समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्लले जानकारी दिए ।

COVID HDU वार्ड १५ सैयाको रहेको  क्लबका सचिव ​अखिल अग्रवालले जानकारी दिए  । अहिलेको संकटपूर्ण घडीमा हामी सबैले आ–आफ्नो स्थानबाट कोभिडसँग लड्न एक जुट हुन आह्वान गर्दै लायन्स क्लब समर्पणसंग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्य समेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी दिए ।

footwear zone

You might also like

Comments are closed.