कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

पोखरा । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्याँस विक्रेता संघ कास्कीले आपूर्ति नै ठप्प पार्ने भएको हो ।

तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भए पनि उपेक्षा गरिएको संघका अध्यक्ष कोइरालाले जानकारी दिए ।

संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाउँदै खोपको ब्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जनाएको छ ।
‘कोरोनाको पहिलो र दोस्रो लहरमा पनि नागरिकको जीवन यापनमा समस्या नपरोस् भनेर रातदिन आपूर्ति कम हुन लिएनौं । सरकारले अत्यावश्यक पदार्थ भन्छ तर खोपमा प्राथमिकतामा राख्दैन, यो निकै विडम्बनापूर्ण छ,’ संघका सचिव कुशल पौडेलले भने, ‘बाध्य भएर खोपको प्रवन्ध नहुँदासम्म आपूर्ति ठप्प पार्ने निर्णयमा पुग्यौं ।’

footwear zone

कास्कीमा ५० वटा ठूला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्याँस आपूर्ति हुँदै आएको छ । करिब ८ सय जना मजदूर यो ग्याँस आपूर्तिमा दैनिक खटिने सचिव पौडेलले जानकारी दिए । कास्कीमा १८ कम्पनीका ग्याँस आपूर्ति हुँदै आएका छन् ।

सरकारको खोपको सुनिश्चित गर्नेबित्तिकै आपूर्ति सहज बनाउने पौडेलले बताए । ‘दैनिक उपभोक्तासँग ठोकिनुपर्छ । अस्पतालदेखि सरकारी कार्यालयसम्म आपूर्ति गर्नुपर्छ तर खोप लगाउन सरकारले अत्यावश्यकमा राख्दैन,’ सचिव पौडेलले भने, ‘ जसका कारण दैनिक उपभोक्तसँग जोडिएको यस क्षेत्रले ठूलो जोखिम र असुरक्षा महसुस छ ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी गौतमले सरकारको ध्यानाकर्षण आफूले पनि गराउने तर ग्याँस आपूर्ति नरोक्न आग्रह गरेका थिए ।

You might also like

Comments are closed.