लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता

काठमाडौं । लुम्बिनी विकास बैंक लि. र रेमिट टू नेपाल प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपाल प्रा. लि. को नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरु मार्फत भुक्तनी लिन सक्नेछन् । साथै स्वदेश तथा विदेशबाट रेमिट टू नेपाल मार्फंत पठाएको पैसा ग्राहकले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी र रेमिट टू नेपाल प्रा. लि.को तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

footwear zone

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा ए. टि. एम का साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.