काठमाडौं । किर्तीमानी पर्वतारोही कामीरिता शेर्पालाई लुम्बिनी विकास बैंक लिमिटेडले सम्मान गरेको छ । विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा उनको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान–पत्र प्रदान गरेको हो । बैंकका अध्यक्ष दशरथ रिसालले विकास बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बिच सो सो सम्मान–पत्र प्रदान गरेका हुन् ।
लुम्बिनी विकास बैंक लिमिटेडसंग स्थापनाकालदेखि ‘निरन्तर सहयात्रा’ गर्दै आएका शेर्पा २६औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकडर्र्समा लेखाउन सफल भइसकेका छन् ।
किर्तीमानी पर्वतारोही शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास बैंक लि. मा ‘निरन्तर सहयात्री’ बनी आवद्घ छन् । यो किर्तीमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथाको २६औं पटक आरोहण गरेको शर्पाले बताए । उनको यस शाहसिक कार्यले सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।

हाल यस लुम्बिनी विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।




Comments are closed.