बुटवल । प्रदेश नं. ५ को राजधानी दाङको भालुबाङ हुने भएको छ । त्यस्तै प्रदेशको राजधानी लुम्बिनी रहने भएको छ ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा भालुबाङ राजधानी राख्ने पक्षमा ६९ मत खसेको छ । विपक्षमा जम्मा १३ मत मात्रै खसेको छ ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेपनि काँग्रेसकै १९ सांसद मध्ये ६ जनाले भने भालुबाङको पक्षमा मतदान गरेका छन् । सत्तारुढ नेकपाले भालुबाङका पक्षमा मतदान गर्न ह्विन नै जारी गरेको थियो । प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । प्रदेश सभामा रहेका ८७ मध्ये ८२ जनाले मात्र मतदानमा सहभागी भए ।

प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा दुई तिहाई मत खसेको छ । राजधानीको नामको पक्ष र विपक्षमा भएको मतदानमा ८३ मत खसेकोमा ७९ जनाले पक्षमा मतदान गरेका थिए भन विपक्षमा ४ मत मात्रै खसेको छ ।




Comments are closed.