काठमाडौं । बज्र ग्रुप अन्तर्गत को कम्पनि ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर नेपाल भरिका रेष्टुरेन्ट तथा होटेलको लागि १० हजार रुपैयाँमै LX05 D मोडेल उपलब्ध गराउने भएको छ ।
नेपाली कर्पोरेट हाउसको इतिहासमा ३० वर्ष पुरानो र नेपाल भरीका सबै ग्राहकको बिश्वास जित्न सफल ग्रुपको रुपमा परिचित कम्पनि बज्र ग्रुप हो । विश्वका बिभिन्न प्रसिद्ध ब्राण्ड नेपालमा ३० बर्ष देखी बिक्रि गर्दै आएको छ ।
तपाईको गोजीमा कति छ ?’ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिका रेष्टुुरेन्ट तथा होटेलले फुड डेलिभरीको लागि पाउने भएका छन् । रेष्टुरेन्ट तथा होटेलको लागि बनाइएको स्कुटर को नामLx05 Dमोडेल हो, यो स्कुटर जर्मन कम्पनीको Bosh को मोटर्स प्रयोग गरिएको स्कुटर हो जसमा सामसुङ कम्पनीको लिथिएम व्याट्री प्रयोग गरिएकोले फुल चार्जमा राम्रो माइलेज दिनेहुनाले कुनै पनि होटेल तथा रेष्टुरेन्टले कम्पनीको शोरुम मा गएर १०हजार भुक्तानी गरी फाइनान्स मार्फत सजिलै संग खरिद गर्न पाउनेछन् ।

्साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । नगदमा किन्नेका लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ । यस स्कुटरको ब्राण्ड एम्बेसडरमा मिस इन्टरनेशनल २०१७ का बिजयी नीति साह छन् ।
फुड डेलिभरी गर्दा पेट्रोलको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने , सर्भिस र पार्ट्समा खर्च नहुने ,वातावरण स्वच्छ हुने हुनाले कम्पनीले यो सहुलियत दर रु १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सिमित अवधिको लागि प्रदान गर्ने योजना लागू गरेको बताएको छ । कम्पनीको सोच अनुसार होटेलमा डेलिभरी गर्न पछाडी ठुलो भाडो राखिएको छ जसले गर्दा समान जति पनि हाल्न सजिलो हुने भएकोले यो स्किम फुड डेलिभरी गर्नको लागि होटेल तथा रेष्टुरेन्टलाई लक्षित गरी लागु गरिएको छ ।
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।होटेल तथा रेस्टुरेन्टको फुड डेलिभरीको लागि फाइनान्स, एक्सचेन्ज र क्यासको सुविधामा लिन सकिने र यो स्किम सीमित अवधिको लागि लागू गरिएको बताइएको छ ।
नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।
काठमाडौंको नक्साल, टेकु , भैसेपाटी , भक्तपुर , सुर्खेत , जनकपुर , पाटन , बाफलमा रहेका शोरुममा सम्पर्क गर्न सकिने छ ।




Comments are closed.