काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक–३ बालकोट, सिराहा जिल्लाको नरहा–३ नरहा, महोत्तरी जिल्लाको एकडारा ५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी–१०, माईधारा ,झापा जिल्लाकै कन्काई ९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ सेवा थप भएसंगै बैंकको शाखा रहित बैंकिङ सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ३०८ स्थानवाट ग्राहकमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर १९८ वटा एटीएमहरु छन् ।




Comments are closed.