माछापुच्छ्रे मेटल एण्ड मेशिनरी वर्क्सलाई उत्कृष्ट करदाता सम्मान

पोखरा । पोखराको औद्योगिक क्षेत्रमा रहेको माछापुच्छ्रे मेटल एण्ड मेशिनरी वर्क्स प्रा. लि. उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएको छ ।

आन्तरिक राजश्व कार्यालय पोखराले कर सप्ताह २०८० को अवसरमा बिहीबार कम्पनीलाई सम्मान गरेको हो । कम्पनीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले सम्मान ग्रहण गरेका हुन् ।

राष्ट्रिय करदिवस तथा कर सप्ताहको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले पाण्डेलाई सम्मान प्रदान गरेकी हुन् ।

footwear zone

कम्पनी आर्थिक वर्ष २०७८/७९ मा व्यापारतर्फ सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट करदाता बनेको हो ।

उत्कृष्ट करदाता बनेर सम्मान ग्रहण गर्न पाउँदा गौरव महसुस भएको अध्यक्ष पाण्डेले बताए ।

You might also like

Comments are closed.