रास्व पार्टीप्रति जनताको क्रेज बढ्दो, कँडेल भन्छन्- ‘जनताको भोट पाउनेमा ढुक्क छु’

कास्की । आम निर्वाचनको मिति नजिकिएसँगै दलका नेता तथा उम्मेदवारहरु मत माग्न निक्कै व्यस्त छन् । जनताका घरदैलोसम्म पुग्ने विभिन्न पार्टीका उम्मेदवारहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको क्रेज बढ्दो छ । वर्षौ जिताएर पठाएका पार्टीका नेताहरुबाट सोचेअनुसारको परिणाम पाउन नसकेपछि नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको क्रेज बढेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकै सन्दर्भमा जनताका घरदैलोमा भोट माग्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश महामन्त्री माधवप्रसाद कँडेलले आफूलाई पोखरेली जनताको भोट आउछ भन्नेमा पूर्ण विश्वास रहेको बताएका छन् । मंगलबार पोखरा वडा नं. ११ का जनतासँग घरदैलो तथा भेटघाट गरेका कँडेलले पोखरेली जनताले आफूलाई यसपटक विजयी गराउछन भन्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिए ।

आम निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवार कँडेलले सोमबार पोखरा वडा नं. ९ का जनतासँग भेटघाट तथा छलफल गरेका थिए । त्यहाँका जनताबाट पनि आफूले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सकारात्मक प्रतिक्रिया पाएको बताए । यसपटक सम्पूर्ण पोखरेली जनता परिवर्तनको पक्षमा रहेकाले नयाँ सोच र भिजनसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भोट हाल्नुको विकल्प नरहेको जनताबाट प्रतिक्रिया आइरहेको कँडेलले बताए ।

footwear zone

पुराना दलहरुबाट अपेक्षाअनुसार काम नभएको गुनासो आएको बताउँदै कँडेलले देशमा परिवर्तनको किरण हेर्न चाहने हो भने जनताले भोट हाल्ने सोचमा परिवर्तन ल्याउन जरुरी रहेको बताए । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी, भ्रष्टाचार न्यूनीकरण, सुशासन, पर्यन विकास र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका कँडेलले युवाहरुको भविष्य सुनिश्चित गर्न दीर्घकालीन शैक्षिक र रोजगारीको योजना ल्याउने बताएका छन् ।

साथै भ्रष्टाचार शून्य देश निर्माण गर्न कडा नीति बनाउन पहल गर्ने बताउँदै कँडेलले उच्च ओहोदामा रहेका राजनीतिक तथा उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

You might also like

Comments are closed.